मंगलवार, कार्तिक १०,२०८३ 03:02:52
  • मंगलवार, कार्तिक १०,२०८३ 03:02:52
Global IME Bank Limited

चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज

Bizshala
चितवन राइनोजको सह-प्रायोजक बन्यो किसान एग्रोबेस इन्डस्ट्रिज
New Office

काठमाण्डौ ।  नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी चितवन राइनोजसँग किसान एग्रोबेस इन्डस्ट्रिज लिमिटेड (KABIL) ले सह-प्रायोजन सम्झौता गरेको छ।

कृषि, पर्यटन र उत्पादन क्षेत्रमा एकीकृत व्यावसायिक मोडेलसहित काम गर्दै आएको किसान एग्रोबेसले एनपीएलको सिजन ३ र ४ का लागि चितवन राइनोजलाई सह-प्रायोजन गर्ने भएको हो।

कम्पनीले नेपाली खेलकुदको विशेष पर्वका रूपमा स्थापित हुँदै गएको एनपीएलसँगको सहकार्यले कृषि उद्यम र खेलकुदलाई एउटै मञ्चमा जोड्ने विश्वास व्यक्त गरेको छ।

२०८१ चैत २१ गतेदेखि काठमाडौंमा प्रधान कार्यालय स्थापना गरी सञ्चालनमा आएको KABIL ले छोटो अवधिमै धनकुटा, मोरङ, नवलपरासीलगायत विभिन्न क्षेत्रमा व्यावसायिक उपस्थिति विस्तार गरेको जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले कृषि क्षेत्रमा विद्यमान चुनौतीलाई व्यावसायिक अवसरमा बदल्ने उद्देश्यसहित उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरणसम्मको मूल्य शृङ्खलालाई एकीकृत रूपमा अघि बढाइरहेको छ।

KABIL ले विशेषगरी कृषिजन्य वस्तुको प्रशोधन तथा शीतभण्डारण, प्राकृतिक खनिजयुक्त पानी तथा विशेष पेय पदार्थ, औषधीय जडीबुटी तथा मसला, पशु तथा दुग्धजन्य उत्पादन र कृषिमा आधारित पर्यटन गरी पाँच प्रमुख व्यावसायिक क्षेत्रमा काम विस्तार गरिरहेको जनाएको छ।

कम्पनीका अनुसार यस्तो एकीकृत व्यावसायिक मोडेलले किसानलाई उचित मूल्य दिलाउने, उपभोक्तालाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने तथा आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

Garima Development Bank
Bizshala
IME remit

चितवन देशकै प्रमुख कृषि उत्पादन क्षेत्रसँगै पर्यटकीय गन्तव्यसमेत भएकाले चितवन राइनोजसँगको सहकार्य कम्पनीको व्यावसायिक दर्शनसँग मेल खाने साझेदारी भएको KABIL को भनाइ छ।

कम्पनीका अध्यक्ष सुमन न्यौपानेले एनपीएलमा चितवन राइनोजको सह-प्रायोजकका रूपमा जोडिन पाउँदा खुसी लागेको बताए।

उनले भने, “कृषि र खेलकुद दुवैको आधार मेहनत, अनुशासन र टिमवर्क हो। यस सहकार्यमार्फत हामी नेपाली कृषि उत्पादन र युवा ऊर्जालाई एउटै मञ्चमा जोड्न चाहन्छौँ।”

एनपीएलको लोकप्रियता बढ्दै जाँदा विभिन्न व्यावसायिक क्षेत्रका कम्पनीहरू फ्रेन्चाइज टिमसँग जोडिने क्रम पनि बढेको छ। कृषि क्षेत्रमा केन्द्रित KABIL र चितवन राइनोजबीचको सहकार्यलाई खेलकुद र उत्पादनमूलक उद्यमबीचको नयाँ व्यावसायिक साझेदारीका रूपमा हेरिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.