सोमबार, कार्तिक ३०,२०८३ 05:54:31
  • सोमबार, कार्तिक ३०,२०८३ 05:54:31
Global IME Bank Limited

प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने

Bizshala
प्रधानमन्त्री बालेनको भारत भ्रमणमै जनकपुर–अयोध्या रेल उद्घाटन गर्ने तयारी, सातामा एकपटक सञ्चालन हुने
New Office

 

काठमाण्डौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा जनकपुर–अयोध्या रेल सेवाको उद्घाटन गर्ने तयारी अघि बढाइएको छ। नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनको मोडालिटी, समयतालिका र व्यवस्थापनसम्बन्धी तयारी अन्तिम चरणमा पुर्‍याएको जनाएको छ।

प्रधानमन्त्री शाह मंसिर ६ देखि ८ गतेसम्म भारत भ्रमणमा जाने सम्भावना छ। यद्यपि, भ्रमणको औपचारिक मिति र रेल सेवाको उद्घाटन कार्यक्रमबारे अन्तिम निर्णय भइसकेको छैन।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक परिवेश पराजुलीका अनुसार सुरुवाती चरणमा जनकपुर–अयोध्या रेल सातामा एकपटक आउने–जाने गरी सञ्चालन गर्ने योजना छ। यात्रुको माग बढ्दै गए सेवाको संख्या थपिनेछ।

हाल नेपाल रेल्वे कम्पनीका दुई रेल महोत्तरीको बिजलपुरादेखि जनकपुर हुँदै भारतको जयनगरसम्मको ५२ किलोमिटर खण्डमा सञ्चालनमा छन्। प्रस्तावित जनकपुर–अयोध्या रेलले भारततर्फ करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ।

अयोध्याबाट आउने रेल जनकपुरसम्म मात्रै पुगेर फर्किनेछ। बीचका विभिन्न स्टेसनबाट समेत यात्रु चढ्न सक्ने भएकाले पर्याप्त यात्रु प्राप्त हुने कम्पनीको अपेक्षा छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

धार्मिक पर्यटनमा ठूलो अवसर

भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरबीच रेल सम्पर्क स्थापित भए दुवै देशको धार्मिक पर्यटनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यसबाट जनकपुरको जानकी मन्दिर, जनक मन्दिर र धनुषाधामलगायतका धार्मिक गन्तव्यमा भारतीय पर्यटकको आगमन बढ्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।

पराजुलीका अनुसार अयोध्या पुग्ने पर्यटकको सानो हिस्सा मात्रै जनकपुर आए पनि नेपालको पर्यटन व्यवसाय र स्थानीय अर्थतन्त्रलाई ठूलो लाभ पुग्न सक्छ।

रेल्वे कम्पनी अझै घाटामा, मर्मतमा मात्रै मासिक करोडौँ खर्च

रेल सेवा विस्तारको तयारी भइरहँदा नेपाल रेल्वे कम्पनी भने आर्थिक चुनौतीमा छ।

कम्पनीसँग आफ्नै मर्मतसम्भार वर्कसप र पर्याप्त दक्ष प्राविधिक जनशक्ति छैन। रेल मर्मतका लागि भारतको जयनगरमा निर्भर रहनुपरेको छ।

Garima Development Bank
Bizshala
IME remit

पराजुलीका अनुसार मर्मतसम्भारमा मात्रै मासिक ५५ देखि ६० लाख भारतीय रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ। यसबाहेक रेल सञ्चालनका लागि २३ जना भारतीय चालक तथा प्राविधिक कार्यरत छन्।

यस्तो निर्भरता घटाउन कम्पनीले लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ। आगामी दुई वर्षभित्र स्वदेशी दक्ष जनशक्ति विकास गर्ने लक्ष्य राखिएको छ।

यता, जनकपुरमा तत्काल मालवाहक रेल सञ्चालन गर्ने योजना छैन। भन्सारसम्बन्धी कानुनी प्रक्रिया मिलाउनुपर्ने भएकाले त्यसका लागि अझै समय लाग्ने कम्पनीले जनाएको छ। विराटनगरमा भने कार्गो रेल सञ्चालनको तयारी भइरहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.