सोमबार, कार्तिक २,२०८३ 09:14:51
  • सोमबार, कार्तिक २,२०८३ 09:14:51
Global IME Bank Limited

एनपीएलको उत्साह क्यानमा, सात टोलीको पहिचानसहित बजारमा एक्स्ट्रिम

Bizshala
एनपीएलको उत्साह क्यानमा, सात टोलीको पहिचानसहित बजारमा एक्स्ट्रिम
New Office

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्स्ट्रिम इनर्जी ड्रिङ्कले सात टोलीका लोगो अंकित विशेष संस्करणका क्यान बजारमा ल्याएको छ। क्रिकेटप्रतिको आकर्षण र समर्थकको टोलीसँगको भावनात्मक सम्बन्धलाई उत्पादनको प्याकेजिङसँग जोड्दै कम्पनीले सात फरक पहिचानका क्यान सार्वजनिक गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीका अनुसार यी क्यानमा काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, कर्णाली याक्स र पोखरा एभेन्जर्सका लोगो समेटिएका छन्। समर्थकले आफ्नो रोजाइको टोलीको लोगो भएको क्यान छान्न सक्नेछन्।

एक्स्ट्रिमले एनपीएलको तेस्रो सिजनमा सात टोलीसँग प्रायोजन साझेदारी गरेको जनाएको छ। काठमाडौँ गोर्खाज, लुम्बिनी लायन्स, विराटनगर किङ्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्ससँग मुख्य प्रायोजकका रूपमा साझेदारी रहेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। पोखरा एभेन्जर्ससँग भने जर्सीको छातीमा लोगो रहने गरी प्रायोजन सम्झौता गरिएको छ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यो पहलसँगै एक्स्ट्रिमले प्रायोजनको उपस्थितिलाई खेलाडीको जर्सीबाट उपभोक्ताले खरिद गर्ने उत्पादनसम्म विस्तार गरेको छ। सात टोलीको छुट्टाछुट्टै पहिचान समेटिएको प्याकेजिङमार्फत क्रिकेटका समर्थकसँग ब्रान्डको सम्बन्ध थप नजिक बनाउने कम्पनीको उद्देश्य छ।

कम्पनीले विशेष संस्करणका क्यानले समर्थकलाई आफ्नो मनपर्ने टोलीप्रतिको समर्थन फरक शैलीमा व्यक्त गर्ने अवसर दिने जनाएको छ। एनपीएलको उत्साहलाई मैदान र दर्शकदीर्घाबाट पसल तथा क्रिकेटप्रेमीका जमघटसम्म विस्तार गर्ने अपेक्षा पनि कम्पनीको छ।

सात टोलीका लोगो अंकित यी क्यान नजिकका पसल तथा बिक्री केन्द्रमा उपलब्ध रहेको एक्स्ट्रिमले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.