काठमाण्डौ। लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा आगामी भदौ ३१ गतेदेखि पुनः सञ्चालन हुने भएको छ। निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले यात्रुको माग बढेसँगै उक्त गन्तव्यमा पुनः नियमित उडान सञ्चालन गर्न लागेको जनाएको छ।
पछिल्लो समय यात्रुको माग बढेपछि नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। यो हवाई सेवाले भारतको उत्तर प्रदेशलाई पोखरासँग प्रत्यक्ष जोड्नेछ ।
यसअघि गत जेठ ५ गतेदेखि उक्त उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आउनुका साथै इन्धन खर्च बढेका कारण सेवा रोकिएको शाहले जानकारी दिए। पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढ्नुका साथै नेपालगञ्ज–पोखरा उडानको मागसमेत बढेपछि सेवा पुनः सञ्चालन गर्न लागिएको उनले बताए।
बुद्ध एयरका अनुसार उडान आइतबार, बुधबार र शुक्रबार सञ्चालन हुनेछ। कम्पनीले उडानका लागि बुकिङसमेत खुला गरिसकेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।