शुक्रबार, असार २६,२०८३ 03:08:02
Bizshala
  • शुक्रबार, असार २६,२०८३ 03:08:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

Laxmi Sunrise Bank Limited
पर्यटन बोर्डको पहलमा विशेष पर्वतारोहण तालिम सञ्चालन गर्न सम्झौतामा हस्ताक्षर

काठमाण्डौ । नेपाल पर्वतारोहण क्षेत्रका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) नेपालको संयुक्त पहल सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) र नेपाल पर्वतारोहण संघ (एनएमए) बीच विशेष पर्वतारोहण तालिम सञ्चालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीअनुसार नेपालको पर्वतीय पर्यटन क्षेत्रमा आवश्यक दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न अपि, मनास्लु र कञ्‍चनजंघा क्षेत्रमा तीनवटा विशेष पर्वतारोहण तालिम सञ्चालन गरिने भएको हो । यसअन्तर्गत अपी हिमाल क्षेत्रमा माउन्टेन गाइड समर स्किल (बेसिक माउन्टेनियरिङ ट्रेनिङ), कञ्चनजंघा क्षेत्रमा माउन्टेन गाइड विन्टर स्किल (एड्भान्स माउन्टेनियरिङ ट्रेनिङ) तथा मनास्लु क्षेत्रमा माउन्टेन लिडर ट्रेनिङ (समर स्किल) सञ्चालन गरिनेछ ।

New Office
CG Motors
Garima Development Bank

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख तथा एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐरले पर्वतीय पर्यटन नेपालको सबैभन्दा महत्वपूर्ण पहिचान र प्रतिस्पर्धात्मक क्षमता भएको क्षेत्र भएकाले यसको दिगो विकासका लागि दक्ष जनशक्ति निर्माण अपरिहार्य रहेको बताए ।

उनले भने, ‘गुणस्तरीय, सुरक्षित र दिगो पर्वतीय पर्यटन प्रवर्द्धनका लागि दक्ष मानव स्रोत नै सबैभन्दा ठूलो आधार हो । नेपाल पर्वतारोहण संघसँगको यो सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसार दक्ष पर्वतारोहण जनशक्ति उत्पादन गर्न सहयोग पुग्नेछ र नेपालको पर्वतीय पर्यटनलाई अझ सुरक्षित, व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन महत्वपूर्ण योगदान दिने विश्वास लिएका छौं ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समझदारीपत्रमा एनएमएका अध्यक्ष फुर गेल्जे शेर्पा, महासचिव राजेन्द्रबहादुर लामा र कोषाध्यक्ष सुमी लामाले हस्ताक्षर गरेका छन् । त्यसैगरी बोर्डका तर्फबाट एसटीपीका राष्ट्रिय परियोजना निर्देशक हिक्मत सिंह ऐर, राष्ट्रिय परियोजना संयोजक खड्गविक्रम शाह र राष्ट्रिय परियोजना प्रबन्धक धर्मराज दवाडीले हस्ताक्षर गरेका हुन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.