अन्तर्राष्ट्रिय साझेदारी र पर्यटन विस्तारका लागि फितुर ऐतिहासिक अवसरः पर्यटन सचिव निरौला
काठमाण्डौ । युरोपकै प्रतिष्ठित अन्तर्राष्ट्रिय पर्यटन मेला फितुर २०२६ मा नेपालको सक्रिय सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको छवि थप सुदृढ बनाउनुका साथै पर्यटन क्षेत्रको व्यापार विस्तार र अन्तर्राष्ट्रिय साझेदारीका लागि ऐतिहासिक अवसर सिर्जना गरेको पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले बताएका छन्।स्पेनको म्याड्रिडमा जनवरी २१ देखि २५, २०२६ सम्म सम्पन्न...

