आईतवार, असार १४,२०८३ 04:42:44
Bizshala
  • आईतवार, असार १४,२०८३ 04:42:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पर्यटन बजेट र पूर्वाधार विकासबारे पर्यटनमन्त्री पौडेलद्वारा निजी क्षेत्रसँग छलफल

‘पर्यटन क्षेत्रका चुनौती समाधानमा सरकार प्रतिबद्ध’

Laxmi Sunrise Bank Limited
पर्यटन बजेट र पूर्वाधार विकासबारे पर्यटनमन्त्री पौडेलद्वारा निजी क्षेत्रसँग छलफल

काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले नेपालको पर्यटन क्षेत्रका विद्यमान समस्या समाधान गर्दै पर्यटनलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल पर्यटन बोर्डको आयोजनामा शनिबार नेपालगञ्जमा आयोजित ‘पर्यटन क्षेत्रका सरोकारवालासँग संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अन्तर्क्रिया’ मा मन्त्री पौडेलले पर्यटन क्षेत्रका जायज माग र आवश्यक कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री पौडलले नेपाल पर्यटन बोर्डको आगामी बजेट तथा कार्यक्रममा समेट्न सकिने विषयहरू लिखित रूपमा पेश गर्नसमेत आग्रह गरेका छन् । उनले प्राप्त सुझावमध्ये व्यावहारिक र आवश्यक कार्यक्रमहरू चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा समावेश गर्न सरकार सकारात्मक रहेको प्रतिबद्धता व्यक्त गरे ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा नेपालगञ्ज तथा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरूले पश्चिम नेपालको पर्यटन विकासमा देखिएका संरचनागत तथा नीतिगत समस्याबारे मन्त्री पौडेलको ध्यानाकर्षण गराएका थिए । सहभागीहरूले विशेषगरी हवाई सेवा विस्तार, नेपालगञ्ज विमानस्थलको प्रभावकारी सञ्चालन, पर्यटन पूर्वाधार विकास, बजारीकरण, सीमा पर्यटन प्रवर्द्धन, निजी क्षेत्रसँगको समन्वय तथा पर्यटन बोर्डका कार्यक्रमलाई विकेन्द्रीकरण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।

अन्तरक्रियामा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाटा०, होटल एसोसिएसन अफ नेपाल ९हान०, होटल संघ नेपाल, पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका पदाधिकारी, बाँकेका प्रमुख जिल्ला अधिकारी, नेपालगञ्ज विमानस्थलका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

पर्यटन व्यवसायीहरूले पश्चिम नेपालमा पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि पर्याप्त पूर्वाधारको अभाव, अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई पहुँचको सीमितता, प्रचारप्रसारको कमी र नीतिगत जटिलताका कारण अपेक्षित उपलब्धि हासिल हुन नसकेको गुनासो गरेका हुन् । उनीहरूले नेपालगञ्जलाई लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, रारा, खप्तड तथा सुदूरपश्चिमसँग जोड्ने प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा विकास गर्न विशेष कार्यक्रम आवश्यक रहेको धारणा राखेका छन् ।

मन्त्री पौडेलले पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै आगामी दश वर्षलाई पर्यटन पूर्वाधार विकासको दशकका रूपमा अघि बढाउने सरकारी प्राथमिकताबारे जानकारी दिए । उनले सडक, हवाई पूर्वाधार, पर्यटन गन्तव्यको स्तरोन्नति, स्थानीय पर्यटन उपजको विकास, निजी क्षेत्रसँग सहकार्य तथा प्रदेशगत पर्यटन सम्भावनाको अधिकतम उपयोगमार्फत पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याइने बताए ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.