आईतवार, बैशाख ६,२०८३ 05:33:12
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:33:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमआईटीटी–२०२५: रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार

Bizshala
एमआईटीटी–२०२५: रूसी बजारमा नेपालका पर्यटन सम्भावना विस्तार
Shivam Cement

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको नेतृत्वमा नेपालले रुसको राजधानी मस्कोमा सम्पन्‍न इन्टरनेसनल ट्राभल एण्ड टुरिजम एक्जिविसन(एमआईटीटी) २०२५ मा सक्रिय सहभागिता जनाएको छ । जसमा नेपाली प्रतिनिधिमण्डलले नेपालको पर्यटन सम्भावना र पर्यटकीय गन्तव्यको बारे जानकारी गराएका छन् ।

रूसको क्रोकस एक्स्पोमा मार्च १८ देखि २० सम्म आयोजित उक्त मेलामा नेपालले आफ्ना विविध र अनौठा पर्यटन अनुभवहरू प्रस्तुत गरेको छ ।

नेपाल पर्यटन बोर्डसँगै राधाकृष्ण होलिडेज, एड्भेन्चर प्लानर, कैलाश भ्यू टुर्स एण्ड ट्रेक्स, एक्स्प्लोर भेक्सेसन, फ्रेन्ड्स एड्भेन्चर टिम र हिमालयन ग्लेसियर ट्रेकिङ गरी छ निजी क्षेत्रका पर्यटन कम्पनीहरूले सहभागिता जनाएका हुन् ।  

एमआईटीटीमा सहभागी नेपालका निजी क्षेत्रका प्रतिनिधिहरूले रूसको पर्यटन बजारमा प्रवेश गर्नका लागि यो उत्कृष्ट प्लेटफर्म भएको बताएका छन् ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निजी क्षेत्रका प्रतिनिधिहरुले रुससहित विभिन्‍न मुलुकका पर्यटन व्यवसायीहरुसँग अन्तर्क्रिया तथा छलफल गरेका छन् । उक्त छलफलबाट उत्साहित उनीहरुले सकारात्मक नतिजा आउने विश्‍वास व्यक्त गरेका छन् ।

नेपालको प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयका सहसचिव तथा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य यज्ञप्रसाद भट्टराईले गरेका थिए । उक्त प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका कार्यकारी समिति सदस्य तथा निजी क्षेत्रका प्रतिनिधि राजेन्द्र लामा पनि सहभागी रहेका थिए ।  

कार्यक्रम उद्घाटनका क्रममा रूसका लागि नेपाली राजदूत जंगबहादुर चौहानले नेपाल पभेलियनको भ्रमण गरेका थिए । नेपाली प्रतिनिधिहरुले नेपाल पभेलियनमा आउने आगन्तुकहरूसँग अन्तर्क्रिया गर्दै नेपाल(रूस पर्यटन सम्बन्ध सुदृढ बनाउन प्रतिबद्धता व्यक्त गरे ।  

कोभिड–१९ महामारीपछिको समयलाई ध्यानमा राख्दै एमआईटीटी–२०२५ मा नेपाल पर्यटन बोर्डको सहभागिताले नेपाल–रूस पर्यटन सम्बन्धलाई पुनः सक्रिय बनाउने र रुसी पर्यटकहरूलाई आकर्षित गर्ने महत्वपूर्ण पहल भएको बोर्डले जनाएको छ।

CG Motors
Garima Development Bank
IME remit

सन् २०२४ मा १३ हजार भन्दा बढी रुसी पर्यटकले नेपाल भ्रमण गरेका थिए । रोमाञ्चक यात्रा र सांस्कृतिक अनुभवप्रतिको रुसी नागरिकहरूको रुचिका कारण नेपालका लागि यो बजारमा ठूलो सम्भावना रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

सन् २०२५ मा रूसबाट १७ हजारभन्दा बढी रुसी पर्यटकहरुले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.