सोमबार, असार २,२०८२ 12:32:46
  • सोमबार, असार २,२०८२ 12:32:46
Global IME Bank Limited

दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त

Hyundai Nepal
दिपकराज जोशी दोस्रोपटक पर्यटन बोर्डको सीईओ नियुक्त
Nabil Bank Limited

काठमाण्डौ । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दीपकराज जोशी नियुक्त भएका छन् । बोर्डको बिहिबार बसेको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।  

बैठकले उनलाई आगामी ४ वर्षका लागि सीईओ नियुक्त गरेको छ । जोशी खुला प्रतिस्पर्धामा सहभागी २० जना प्रतिस्पर्धीमध्येबाट सीईओ छनोट भएका हुन् । जोशी यसअघि पनि बोर्डको सीईओमा कार्यरत थिए ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

जोशीले सन् २०१५ देखि २०२० सम्म बोर्डको सीइओका रुपमा जिम्मेवारी सम्हालेका थिए ।  

पर्यटन बोर्डको सीईओ छनौटका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छनौट समितिले गठन भएको थियो । समितिले निवर्तमान सीईओ धनञ्जय रेग्मी, ज्ञानेश्वर महतो र दीपकराज जोशीलाई अन्तिम छनौटका सिफारिस गरेको थियो । 

तत्कालीन सीइओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीइओबिहीन थियो । नयाँ सीइओ नियुक्त गर्न तत्कालीन पर्यटन सचिव दिपक काफ्ले अध्यक्ष रहेको सञ्चालक समितिले २०८० चैत २४ मा सीइओकालागि दर्खास्त आव्हान गरेको थियो ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.