• सोमबार, भाद्र ३०,२०८२ 11:08:50
सर्वसाधारणका लागि सानिमा जिआईसी इन्स्योरेन्सको ५.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

सर्वसाधारणका लागि सानिमा जिआईसी इन्स्योरेन्सको ५.८० लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ५ लाख ८० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

ग्लोबल आईएमई क्यापिटलको साधारण सभाको समय र स्थान परिवर्तन
STOCK MARKET

ग्लोबल आईएमई क्यापिटलको साधारण सभाको समय र स्थान परिवर्तन

काठमाण्डौ । ग्लोबल आईएमई क्यापिटल लिमिटेडले १८ औं वार्षिक साधारण सभा आयोजना हुने स्थान र समय परिवर्तन गरेको छ । असोज १ गते काठमाण्डौको लाजिम्पाटमा रहेको होटल ले हिमालयमा दिउँसो साढे ४ बजेदेखि सुरु हुने भनिएको कम्पनीको उक्त सभाको स्थान र समय परिवर्तन गरिएको हो ।अब उक्त सभा असोज १ गते नक्सालमा रहेको कम्पनी रजिष्टर्डको कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।  

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद थप
STOCK MARKET

श्रीनगर एग्रोटेकको आईपीओमा आवेदन दिने म्याद थप

काठमाण्डौ । श्रीनगर एग्रोटेक इण्डष्ट्रिज लिमिटेडको आईपीओमा खरिद आवेदन दिने समय थप गरिएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि गत भदौ ११ गतेदेखि २५ गतेसम्म जारी गरेको आईपीओमा आवेदन दिने म्याद थप गरिएको हो ।  देशमा उत्पन्न विषम अवस्थाका कारण दरखास्त लिन बाधा पुगेको र स्थानिय बासिन्दाको आग्रहलाई मध्यनजर गर्दै कम्पनीले भदौ ३० र ३१ गतेसम्म आवेदन दिन...

पिपुल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने
STOCK MARKET

पिपुल्स पावरको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने

काठमाण्डौ । पिपुल्स पावर कम्पनी लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौको कमलादीमा रहेको प्रभु क्यापिटलको कार्यालयमा बिहान ९ बजे खोलिने छ ।  कम्पनीले गत भदौ १५ गतेदेखि भदौ २२ गतेसम्म ३ लाख ९१ हजार ७७९ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो ।  

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न यूनिभर्सल पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
STOCK MARKET

लाभांश र हकप्रदको प्रस्ताव पारित गर्न यूनिभर्सल पावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले लाभांशको विशेष प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । भदौ २९ गते बसेको कम्पनीको सञ्चालक समितिले आगामी असोज २३ गते ललितपुरको तीखेदेवलमा रहेको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा बिहान १० बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।  सभामा कम्पनीका सेयरधनीहरुका लागि ९ प्रतिशत बोनस सेयर र०.४७३७ प्रतिशतनगद लाभांश...

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने
STOCK MARKET

सागर डिष्टिलरीको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो । कम्पनीले आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँबराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको छ ।  यसअघि कम्पनीले गत भदौ २५ गतेदेखि आईपीओ निष्कासन गर्ने तय भएकोमा देशमा सिर्जना भएको विषम परिस्थितीलाई मध्यनजर गर्दै उक्त...

पूँजीबजारको विषयमा 'रामेश्वर दृष्टि' : नयाँ स्टक एक्सचेञ्जप्रति मौन, उत्पादन सुरु नगरेका हाइड्रोलाई आईपीओ दिनै नहुने !
STOCK MARKET

पूँजीबजारको विषयमा 'रामेश्वर दृष्टि' : नयाँ स्टक एक्सचेञ्जप्रति मौन, उत्पादन सुरु नगरेका हाइड्रोलाई आईपीओ दिनै नहुने !

काठमाण्डौ । जेनजी आन्दोलनको बलमा गठन भएको सुशीला कार्की नेतृत्वको सरकारको अर्थमन्त्रीमा पूर्व अर्थसचिव तथा चर्चित अर्थशास्त्री डा. रामेश्वर खनाल नियुक्त भएका छन् । उनको सपथ सोमबार बिहान हुँदैछ ।  अर्थमन्त्रीमा डा. खनाल आएपछि धेरै लगानीकर्ताहरु उनको नियुक्तिप्रति सकारात्मक देखिएका छन् ।  लामो समय अर्थप्रशासन सम्हालेका खनाल नेपालका प्रख्यात अर्थशास्त्री तथा पूर्व...

सेयर कारोबार असोज ५ गतेदेखि खुल्ने: सुरुमा दैनिक २ घण्टा मात्र, सर्किट नियम पनि परिवर्तन हुने
STOCK MARKET

सेयर कारोबार असोज ५ गतेदेखि खुल्ने: सुरुमा दैनिक २ घण्टा मात्र, सर्किट नियम पनि परिवर्तन हुने

काठमाण्डौ । केही सुरक्षा कवचसहित नेपाल स्टक एक्सचेञ्ज(नेप्से)को कारोबार आगामी असोज ५ गतेदेखि खोल्ने तयारी गरिएको छ।  पूँजीबजारको प्रमुख नियामक नेपाल धितोपत्र बोर्डले बजारमा सकेसम्म कम क्षति हुने हिसाबले पर्याप्त प्रिकसन(सुरक्षा उपाय)सहित सेयर कारोबार खुलाउने विषयमा पहल थालेको हो ।  बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले लगानीकर्ताहरुको बजार खुलाउनुपर्ने बढ्दो...

ग्राउण्ड जिरोका लगानीकर्ताबीच अर्थमन्त्रीको चर्चा, भन्छन ‘आन्दोलन पछिको बजारले नयाँ उचाई लिन्छ ’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ताबीच अर्थमन्त्रीको चर्चा, भन्छन ‘आन्दोलन पछिको बजारले नयाँ उचाई लिन्छ ’

काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले हाम्रो नियमित स्तम्भ ग्राउण्ड जीरोलाई निरन्तरता दिएका छौं । अघिल्लो साताको ठूलो राजनीति परिवर्तन पश्चात आज राजधानीका सडकहरुमा निकै चहलपहल देखिन्थ्यो । सेयर बजारमा भेटिएका लगानीकर्ताहरुमा केही अन्यौलता आशा दुबै भेटिन्थ्यो ।  आज ब्रोकरहाउसहरु आंशिक रुपमा खुलेता पनि धितोपत्र बोर्डले गत असोज २ गतेसम्म सेयर बजार बन्द गरेकाले...

बन्दिपुर केबलकारको आइपीओ सोमबार बाँडफाँड हुने, २० लाखको हात खाली हुने पक्का
STOCK MARKET

बन्दिपुर केबलकारको आइपीओ सोमबार बाँडफाँड हुने, २० लाखको हात खाली हुने पक्का

काठमाण्डौ । बन्दिपुर केबलकार एण्ड टुरिजम लिमिटेडको आइपीओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडका अनुसार आइपीओ सोमबार साँझ ४ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँड हुनेछ ।  कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ६.८८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार कम्पनीको आइपीओमा २५ लाख १२ हजार १२२ जनाले २ अर्ब ९८ करोड...

नर्भिक इन्टरनेशनल हस्पिटलको साधारण सभा स्थगित
STOCK MARKET

नर्भिक इन्टरनेशनल हस्पिटलको साधारण सभा स्थगित

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आजका लागि बोलाएको साधारण सभा स्थगित भएको छ । भदौ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २९ गते काठमाण्डौको थापाथलीमा रहेको बीएलसी सभा कक्षमा बिहान साढे १२ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको थियो ।  

सिटि होटलको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?
STOCK MARKET

सिटि होटलको हकप्रदमा कहिलेसम्म दिन सकिन्छ आवेदन ?

काठमाण्डौ । सिटि होटल लिमिटेडले गत भदौ २३ गतेदेखि हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँबराबरको ८० प्रतिशत अर्थात १ः०.८० अनुपातमा रु।१०० अंकित दरका १ करोड ६७ लाख ४० हजार कित्ता हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत साउन २७ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, साउन २६ गतेसम्म...

पियोर इनर्जीको स्थगित साधारण सभाको मिति तय
STOCK MARKET

पियोर इनर्जीको स्थगित साधारण सभाको मिति तय

काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति तय भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी स्थगित गरिएको थियो ।  कम्पनीले अब उक्त सभा असोज ७ गते आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा ...

एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित
STOCK MARKET

एसवाई प्यानलको आईपीओ निष्कासन स्थगित

काठमाण्डौ । एसवाई प्यानल लिमिटेडले आजदेखि निष्कासन गर्ने भनिएको आईपीओ स्थगित भएको छ । कम्पनीले भदौ २९ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ७ लाख ५८ हजार ७१९ कित्ता सेयर जारी गर्न लागेको थियो ।  कम्पनीले हाल देशमा उत्पन्न विषम परिस्थितीका कारण उक्त आईपीओ निष्कासन अर्को सूचना जारी नभएसम्मका लागि स्थगन...

जीवन विकास लघुवित्तको संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद थप
STOCK MARKET

जीवन विकास लघुवित्तको संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद थप

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी सेयरमा खरिद आवेदन दिने समय थप गरिएको छ । संस्थाले गत भदौ २३ गतेदेखि बिक्रीमा राखेको संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन दिने म्याद असोज २ गतेसम्मका लागि लम्बाएको हो ।  यसअघि उक्त सेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

एशियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप
STOCK MARKET

एशियन लाइफको अवितरित हकप्रद सेयरमा आवेदन दिने म्याद थप

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बोलकबोल आवेदन पेश गर्ने म्याद थप गरेको छ । कम्पनीले गत असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४० अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको ३ लाख ५८ हजार ५१२.४८ कित्ता सेयर गत भदौ २२ गतेदेखि लिलामीमातर्फ बिक्रीमा राखेको छ ।  यो सेयर खरिदका लागि भदौ २९ गतेसम्म आवेदन दिन सकिने जनाइएको...

अन्तरिम सरकार बनेपछि श्रीलंकाको सेयर बजारले अलटाईम हाई ब्रेक गरेको थियो, नेपालमा के होला ?
STOCK MARKET

अन्तरिम सरकार बनेपछि श्रीलंकाको सेयर बजारले अलटाईम हाई ब्रेक गरेको थियो, नेपालमा के होला ?

काठमाण्डौ । केही घण्टाको राजनीतिक शून्यतालाई चिर्दै नेपालमा हिजो राति सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरिएको छ । उनले आइतबारसम्ममा मन्त्रीहरु नियुक्त गर्ने र सरकारको औपचारिक काम थाल्ने तयारी गरेकी छिन् ।  राजनीतिक शून्यताको अन्त्यसँगै आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थतिका कारण बीचका केही दिन बन्द रहेको नेपालको सेयर बजारले कस्तो ...

यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर
STOCK MARKET

यसपटक सेयर बजार लामो समय बन्द हुनसक्ने, यस्तो छ विगतको नजिर

काठमाण्डौ । जेनजी आन्दोलनका कारण सिर्जित विषम परिस्थितिका कारण यो साता सेयर बजार बन्द रह्यो । नेप्सेले आज एक सूचना निकालेर असोज २ गतेसम्म समेत सेयर कारोबार नहुने जनाएको छ ।  तर सेयर बजारका अधिकांश लगानीकर्ता तथा ब्रोकरहरुले भने असोज २ गतेसम्म मात्र नभई हालको जटिल राजनीतिक अवस्थामा सुधार नआएसम्मका लागि सेयर बजार बन्द गर्नुपर्ने माग राखेका छन् । 

सेयरबजारलाई अस्थाई रुपमा बन्द गरी ठूलो क्षति हुनबाट जोगाउन लगानीकर्ताको माग
STOCK MARKET

सेयरबजारलाई अस्थाई रुपमा बन्द गरी ठूलो क्षति हुनबाट जोगाउन लगानीकर्ताको माग

काठमाण्डौ । पूँजीबजारसँग सम्बन्धित विभिन्न ३ वटा लगानीकर्ता संगठनले सेयरबजारलाई अस्थाई रुपमा बन्द गर्न आग्रह गरेका छन् । सेयर लगानीकर्ता संघ नेपाल, नेपाल पूँजीबजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजीबजार लगानीकर्ता संघले संयुक्त विज्ञप्ती जारी गर्दै सरोकारवाला निकाय र नियामकसँग यस्तो आग्रह गरेका हुन् ।  देशको हालको परिस्थितिले  आम नागरिकसँगै लगानीकर्ताको मनोबलमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.