सुनको मूल्य आजपनि घट्यो, प्रतितोला कति पुग्यो भाउ ?
काठमाण्डौ । बुधबारपनि स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य १६ सय रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला १ लाख ९३ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन पनि सुनको मूल्य १२ सय रुपैयाँले घटेको थियो । उक्त दिन सुनको कारोबार प्रतितोला १ लाख ९५ हजार १ सयमा भएको थियो ।