सुनको मूल्य घट्ने क्रम जारी, आज प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । घरेलु बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन १७ सय रुपैयााँले घटेको सुनको मूल्य आज पनि घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा १५ सय रुपैयाँको गिरावट आएको छ । संघका अनुसार यो गिरावटसँगै सुनको मूल्य आज प्रतितोला १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ ।