सुन हालसम्मकै महङ्गो, एक तोलाको कति पुग्यो भाउ ?
काठमाण्डौ । आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज प्रतितोला २७ सय रुपैयाँले बढेसँगै सुनको मूल्यले नयाँ उचाई चुमेको हो । स्थानिय बजारमा आज सुनको मूल्य प्रतितोला १ लाख ८७ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि गत चैत ३१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो ।