बिहीबार, फाल्गुन ७,२०८२ 03:13:05
Bizshala
  • बिहीबार, फाल्गुन ७,२०८२ 03:13:05
Bizshala
Global IME Bank Limited

पृथ्वीको भित्रि भागबाट सुन लगायतका धातु बाहिर निस्कदै, वैज्ञानिकहरुले फेला पारे चकित पार्ने प्रमाण

पृथ्वीको भित्रि भागबाट सुन लगायतका धातु बाहिर निस्कदै, वैज्ञानिकहरुले फेला पारे चकित पार्ने प्रमाण
Shivam Cement

काठमाण्डौ । वैज्ञानिकहरूले एउटा चकित पार्ने अध्ययनमा पृथ्वीले आफ्नो भित्रि भागबाट सुन र अन्य बहुमूल्य धातुहरू निस्किरहेको पत्ता लगाएका छन्। साइन्स अलर्टको रिपोर्टमा पृथ्वीको ९९.९९ प्रतिशतभन्दा बढी सुन र बहुमूल्य धातुहरू ३००० किलोमिटरको ठोस चट्टानमुनि दबिएको अनुमान गरिएको छ।  

यी बहुमूल्य स्रोतहरू पृथ्वीमा ४.५ अर्ब वर्ष पहिले पृथ्वीको जन्मपश्चात पृथ्वीको भित्रि भागमा गडिएको छ। हालै जर्मनीको गोटिङ्गेन विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले अमेरिकाको टापु राज्य हवाईको ज्वालामुखी चट्टानहरूको अध्ययन गर्दा यो जानकारी पाएको हो।

यो अध्ययन नेचर पत्रिकामा प्रकाशित भएको छ । अध्ययनको क्रममा, वैज्ञानिकहरूको टोलीले ट्रस तत्वहरू पत्ता लगाउन उन्नत प्रविधिहरू प्रयोग गरेका थिए। उक्त क्रममा वैज्ञानिकहरूले बहुमूल्य धातु रुथेनियम आइसोटोपको असामान्य रूपमा उच्चस्तर भेट्टाए । जुन यसको आवरणमा भन्दा पृथ्वीको कोरमा बढी प्रचलित छ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यसले ज्वालामुखीबाट निस्कने लाभा पृथ्वीको मूल भागमा बनेको देखाउँछ। युनिभर्सिटी अफ गोटिङ्गनका भू–रसायनविद् निल्स मेस्लिङले पहिलो नतिजा आएपछि आफूले साँच्चै सुन फेला पारेको महसुस गरेको बताए। ‘हाम्रो तथ्याङ्कले पृथ्वीको माथिल्लो आवरणमा कोरबाट चुहावट भइरहेको सामग्रीमा सुन र अन्य बहुमूल्य धातुहरू समावेश भएको पुष्टि गरेको छ,’ उनले भने।

अध्ययनमा, वैज्ञानिकहरूले पृथ्वीको कोर पहिलेको तुलनामा अहिले कम पृथक भएको बताएका छन्। ज्वालामुखी विस्फोटको समयमा सतहमा पुग्ने कोर सामग्री पृथ्वीको सतहमा आईरहेको उनीहरुको निष्कर्ष छ। यसले भविष्यमा वैज्ञानिक अनुसन्धानका लागि नयाँ अवसरहरूको सम्भावना बढाएको छ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अनुसन्धानकर्ताहरूले रुथेनियम आइसोटोपले कोर–मन्टल अन्तरक्रियाको अध्ययन गर्न नयाँ ट्रेसरको रूपमा काम गर्न सक्ने विश्वास गरेका छन्। अध्ययनका सह–लेखक प्रोफेसर म्याथियास विलबोल्डले निष्कर्षको महत्त्वलाई जोड दिँदै भने, ‘हाम्रो खोजहरूले पृथ्वीको कोर पहिले सोचे जस्तो अलग्गै छैन भनेर मात्र देखाउँदैन। अब हामी यो पनि प्रमाणित गर्न सक्छौं कि अति–उच्च तापक्रम आवरण सामग्रीको ठूलो मात्रा कोर मेन्टल सीमाबाट उत्पन्न हुन्छ र पृथ्वीको सतहमा बगेर हवाईजस्ता समुद्री टापुहरू बनाउँछ।’

अध्ययनले संसारमा फेला परेका केही सुन र बहुमूल्य धातुहरू वास्तवमा पृथ्वीको मूलबाट उत्पन्न हुन सक्ने देखाएको छ। यद्यपि, अनुसन्धानकर्ताहरूले अध्ययनमा देखेको कोर चुहावट ग्रहमा समान छ कि छैन भनेर निश्चित गरेका छैनन् ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.