सुनको मूल्यमा उच्च गिरावट, प्रतिऔंस कति पुग्यो भाउ ?
काठमाण्डौ । निरन्तर उकालो यात्रामा रहेको सुनको मूल्य बढ्ने क्रममा ब्रेक लागेको छ । आज सुनको मूल्यमा १.०२ प्रतिशत अर्थात ३१.९० डलरको गिरावट आएको छ । यससँगै सुन प्रतिऔंस ३ हजार ९३ डलरमा कारोबार भईरहेको छ । कारोबारीहरुले केही नाफा बुक गर्नका लागि र अन्य सम्पत्तिमा भएको घाटालाई परिपूर्ति गर्नका लागि बिक्री बढाएसँगै सुनको मूल्यमा गिरावट आएको विज्ञहरुले बताएका छन् ।