काठमाण्डौ । सुनको मूल्य आज वृद्धि भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य ०.७२ प्रतिशत अर्थात २२ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार २०९ डलरमा कारोबार भईरहेको छ । डलर केही कमजोर बन्दा र कमजोर अमेरिकी आर्थिक तथ्यांकको प्रभाव रुवरुप सुनको मूल्य बढेको हो ।
यसका साथै युक्रेनसँगको शान्ति सम्झौतामा रुसका राष्ट्रपति सहभागी नभएसँगै युक्रेन–रुस शान्ति वार्तामा खलबलिने भयका साथ लगानीकर्ताले सुरक्षित लगानीको रुपमा सुनमा लगानी बढाउदा मूल्य बढेको हो ।
अमेरिकी तथ्यांकअनुसार अप्रिल महिनामा अमेरिकाको उत्पादक मूल्यमा गिरावट आएको छ । यस्तै खुद्रा बिक्रीमा समेत कमी आएको छ । यस्तो आँकडाले अमेरिकी केन्द्रीय बैंकलाई ब्याजदर कटौती गर्न सहज हुने जनाइएको छ । घट्दो ब्याजदर सुनको मूल्यवृद्धिका लागि उपयुक्त हुने गर्छ ।
आज चाँदीको मूल्य पनि ०.१० डलरले बढ्दै प्रतिऔंस ३२.३७ डलरमा कारोबार भईरहेको छ ।