सुनको मूल्यमा गिरावट, प्रतितोला कतिमा झर्यो भाउ ?
काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको भाउ १९ सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ४४ हजार ६ सय रुपैयाँमा भएको थियो ।

