सोमबार, बैशाख ७,२०८३ 12:19:02
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 12:19:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सन् २०४० मा १ किलो सुन बेचेर एउटा निजी बिमान किन्न सकिने अनुमान, भारतीय उद्योगपतिको रोचक विश्लेषण

हर्ष गोयन्का भन्छन्- 'अहिले १ किलो सुन ल्यान्ड रोभर बराबर, १९९० मा मारुति ८०० को मूल्य बराबर थियो'

Bizshala
सन् २०४० मा १ किलो सुन बेचेर एउटा निजी बिमान किन्न सकिने अनुमान, भारतीय उद्योगपतिको रोचक विश्लेषण
Shivam Cement

काठमाण्डौ । विश्व बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ। हाल दक्षिण एशियाका बजारमा यसको मूल्यले ऐतिहासिक उचाइ छोइरहेको बेला, भारतका प्रख्यात उद्योगपति हर्ष गोयन्का(जो आरपीजी ग्रुपका अध्यक्ष तथा प्रमुख लगानी विश्लेषक हुन्)ले सुनको मूल्य वृद्धिलाई कारहरूको मूल्यसँग तुलना गर्दै भविष्यको मूल्यबारे रोचक अनुमान सार्वजनिक गरेका छन्।

उनकाअनुसार, “१९९० मा एक किलो सुनको मूल्य मारुति ८०० बराबर थियो, अहिले यो ल्यान्डरोभर जस्तो लक्जरी कार बराबर पुगेको छ, र २०४० सम्म यसले निजी विमान (Private Jet) बराबरको मूल्य पाउन सक्छ।”

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नेपाली बजारमा हालको स्थिति

नेपालमा पनि अन्तर्राष्ट्रिय बजारसँगै सुनको मूल्य तीव्र गतिमा बढ्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हाल प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार रुपैयाँभन्दा माथि पुगेको छ-जुन हालसम्मकै उच्च दर हो। गत वर्षको तुलनामा यस अवधिसम्म सुनमा ५० हजार रुपैयाँभन्दा बढीको वृद्धि भएको छ।

गोयनकाको तुलना अनुसार सुनको मूल्य र कारको स्तर

१९९०: १ किलो सुन = मारुति ८०० (सामान्य सवारी)

२०००: १ किलो सुन = एस्टीम जस्तो मध्यमवर्गीय कार

२००५: १ किलो सुन = इनोभा (परिवारिक एसयूभीको शुरुवात)

२०१०: १ किलो सुन = टोयोटा फर्च्युनर (लग्जरी एसयूभी)

२०१९: १ किलो सुन = बीएमडब्ल्यू (प्रीमियम ब्रान्ड)

२०२५: १ किलो सुन = ल्यान्ड रोभर (लक्जरी स्तर)

गोयनकाले सामाजिक सञ्जालमा लेखेका छन्, “यदि तपाईंले आज १ किलो सुन बचत गर्नुभयो भने, २०३० मा यो रोल्स रोयस बराबर र २०४० मा निजी विमान बराबर पुग्नसक्छ।”

उनको यो विचार अहिले दक्षिण एशियामा आर्थिक जगतमा निकै चर्चामा छ।

CG Motors
Garima Development Bank
IME remit

सुनमा वृद्धि हुनुका तीन प्रमुख कारण (नेपालसहित)

-पर्वको माग: तिहार र धनतेरसमा सुन किन्ने परम्परा भएकाले नेपालमा समेत माग उच्च छ।

-भूराजनीतिक तनाव: मध्यपूर्वमा अस्थिरता र अमेरिका–चीनबीचको व्यापारिक तनावका कारण लगानीकर्ता सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भएका छन्।

केन्द्रीय बैंकहरूको खरिद: नेपाल राष्ट्र बैंकसहित विश्वका धेरै केन्द्रीय बैंकहरूले डलरमाथिको निर्भरता घटाउन सुनको भण्डारण विस्तार गरिरहेका छन्।

भविष्यको मूल्य अनुमान

अन्तर्राष्ट्रिय लगानी संस्थाहरूका विश्लेषण अनुसार, आगामी वर्षसम्म सुनको मूल्य अझै बढ्नेछ। गोल्डम्यान स्याच ले प्रति औँस ५,००० अमेरिकी डलरको लक्ष्य निर्धारण गरेको छ, जसअनुसार नेपाली बजारमा प्रतितोला सुनको मूल्य ३ लाख रुपैयाँ नाघ्न सक्ने अनुमान छ।

त्यस्तै, केही अन्य ब्रोकरेज कम्पनीहरूले पनि सुनलाई दीर्घकालीन ‘सुरक्षित लगानी’का रूपमा लिएका छन्।

हर्ष गोयनकाको भनाइले एउटा सन्देश दिन्छ-“सुन केवल गहना होइन, दीर्घकालीन लगानी र सम्पत्तिको सुरक्षा हो।”

नेपालमा पनि यही प्रवृत्ति देखिँदैछ, जहाँ सुनको मूल्यले आर्थिक अवस्थाको प्रतिविम्ब झल्काउन थालेको छ।

यदि विश्व बजारको यही गति जारी रह्यो भने, २०४० सम्म सुनको मूल्य वास्तवमै ‘निजी विमान बराबर’ पुग्न सक्ने सम्भावना अब असम्भव देखिँदैन।

-Agency

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.