काठमाडौं। नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार रुपैयाँले वृद्धि भएको हो।
आज प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार १०० रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन शुक्रबार प्रतितोला सुन २ लाख ४६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य २० रुपैयाँले बढेको छ। आज प्रतितोला चाँदीको मूल्य ३ हजार २१५ रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदी ३ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।