काठमाण्डौ । विगत दुई कारोबार दिनदेखि बढिरहेको सुनको भाउ आज भने घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
यो मूल्य गत शुक्रबारको तुलनामा १८ सय रुपैयाँले कम हो । त्यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ४२ हजार ८०० रुपैयाँ रहेको छ।
त्यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ४ हजार ३१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।