बिहीबार, चैत्र २१,२०८१ 04:41:26
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:41:26
IME remit
Global IME Bank Limited

रेकर्डतोड उचाईमा सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?

Hyundai Nepal
रेकर्डतोड उचाईमा सुनको मूल्य, प्रतिऔंस कति पुग्यो भाउ ?
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंक(फेड)ले ब्याजदरमा कटौती गरेसँगै सुनको मूल्य उकालो लाग्ने क्रम सुरु भएको छ । पछिल्लो कारोबारमा पनि सुनको मूल्यमा व्यापक वृद्धि देखिएको छ ।  

पछिल्लो कारोबारमा सुनको मूल्य १.३५ प्रतिशत अर्थात ३४.९५ डलरले बढेको छ । यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार ६२२ डलर कायम भएको छ । जुन हालसम्मकै उच्च हो ।  

Shivam Cement
Bizshala
CG Motors

विज्ञहरुले सुनको मूल्य अब उच्च टार्गेट जोन २६५० तर्फ उन्मुख भएको बताएका छन् ।  

सन् २०२४ मा सुनको मूल्य २७ प्रतिशतले वृद्धि भएको छ । जुन सन् २०१० पछिकै उच्च हो । निरन्तर वृद्धि भईरहेको सुनको मूल्यका कारण सुनको उच्च खपत हुने देशहरु भारत र चीनमा यसको खुद्रा मागमा कमी आएको छ । शीर्ष खपतकर्ता देशको मागमा आएको कमी कारण सुनको मूल्य धेरै माथि नजाने तर्क एकथरीका विश्लेषकले गर्न थालेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै अर्का थरी विश्लेषकले भने बढ्दो भू–राजनीतिक तनाव,कमजोर बनिरहेको डलर र अमेरिकी केन्द्रीय बैंकले थप ब्याजदर कटौती गर्न सक्ने उच्च सम्भावनाका कारण सुनको मूल्यले अझै उचाई लिने बताउछन् ।  

पछिल्लो कारोबारमा चाँदीको मूल्य पनि ०.३९ डलरले बढेर प्रतिऔंस ३१.१७ डलर कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.