सुनको मूल्य एकैदिन २० हजार बढीले बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ २० हजार ५ सय रुपैयाँले बढेको छ ।यससँगै आज सुन हालसम्मकै महङ्गो बन्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको छ ।

