काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । यससँगै सुनको भाउ लगातार पाचौं दिनपनि नयाँ रेकर्ड कायम गर्न सफल भएको हो ।
आज अघिल्लो दिनको तुलनामा सुनको भाउ २ हजार रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनपनि सुनको मूल्य ६ सय रुपैयाँले बढ्दै प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँको रेकर्डतोड स्तरमा पुगेको थियो ।
यस्तै आज चाँदीको भाउ भने घटेको छ । चाँदी आज ५ रुपैयाँले घट्दै प्रतितोला २ हजार ४८० रुपैयाँ पुगेको छ ।