सुनको मूल्य आजपनि बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाण्डौ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ। शुक्रबारका दिन सुन बढेर प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन पनि सुनको भाउ ७ हजार ६ सयले बढेको थियो ।

