शुक्रबार, भाद्र १९,२०८३ 01:51:17
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 01:51:17
Bizshala
Global IME Bank Limited

डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा उच्च गिरावट

डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा उच्च गिरावट
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १ प्रतिशतले घटेको छ । अमेरिकी डलर तीन महिनाकै बलियो बनेसँगै सुनको मूल्यमा गिरावट आएको हो ।  

पछिल्लो कारोबारमा सुनको मूल्य १.१२ प्रतिशत अर्थात ४४.६६ डलरले घटेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ३ हजार ९५६ डलर कायम छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी डलर तीन महिनाकै उच्च कायम भएसँगै अन्य मुद्रा भएकाहरुलाई सुनको खरिद महङ्गो पर्न गएको छ । जसका कारण मागमा गिरावट आउदा सुनको भाउ खस्किएको हो ।  

अमेरिकी केन्द्रीय बैंकले गत साता ब्याजदर कटौती गरेपनि फेड अध्यक्ष जेरोमी पावेलले उक्त कटौती अब यस वर्षका लागि अन्तिम हुने संकेत गरेका छन् । ट्रेडरहरुले पनि फेडले डिसेम्बर ९–१० मा हुने फेड बैठकमा ब्याजदर कटौतीको सम्भावना ७१ प्रतिशत मात्रै रहेको बताएका छन् । जुन एक साताअघि ९० प्रतिशत थियो ।  

न्यून ब्याजदरमा प्रायः सुनको मूल्य बढ्ने गर्छ । यो वर्ष सुनको मूल्य ५३ प्रतिशतले बढिसकेको छ ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.