काठमाण्डौ । अघिल्लो दिन बढेको सुनको भाउ आज भने घटेको छ । आजको कारोबारमा सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको भाउ २ लाख ९२ हजार ८ सय रुपैयाँ थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ४९ हजार ९१५ रुपैयाँ कायम भएको छ ।
यो दिन चाँदी पनि सस्तिएको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५० रुपैयाँ कायम चाँदी आज ९० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा सीमित बनेको छ ।

