काठमाण्डौ । गत शुक्रबार पहिलोपटक ३ लाख रुपैयाँको आँकडा पार गरेको सुनको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको भाउ २ हजार ४ सय रुपैयाँले बढेको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतितोला ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
गत शुक्रबार पनि सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो । उक्त दिन एक तोला सुनको मूल्य ३ लाख १ हजार ४ सय कायम थियो ।
यस्तै आज चाँदीको भाउले पनि नयाँ रेकर्ड राखेको छ । चाँदी आज २९० रुपैयाँले बढ्दै प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।