बिहीबार, कार्तिक १९,२०८३ 12:37:17
  • बिहीबार, कार्तिक १९,२०८३ 12:37:17
Global IME Bank Limited

हिमालयन डिस्टिलरीद्वारा स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट’ सार्वजनिक

Bizshala
हिमालयन डिस्टिलरीद्वारा स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट’ सार्वजनिक
New Office

काठमाडौँ। हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको मदिरा उद्योगमा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै नेपालको पहिलो स्वदेशमै उत्पादित सिंगल माल्ट ह्विस्की ‘श्लोक सिंगल माल्ट ह्विस्की’ सार्वजनिक गरेको छ। यसले नेपालको ह्विस्की उत्पादन यात्रामा नयाँ अध्याय थपेको कम्पनीले जनाएको छ।  

हिमाली पहिचान, स्थानीय शिल्पकला र परिष्कृत ह्विस्की निर्माण प्रविधिको संयोजनमार्फत यो उत्पादन तयार गरिएको कम्पनीको भनाइ छ। यससँगै कम्पनीले आफ्नो श्लोक ब्रान्ड पोर्टफोलियोलाई थप विस्तार गरेको छ। यस पोर्टफोलियोमा यसअघि श्लोक ह्विस्की र श्लोक हिमालयन प्रिमियम XXX रम समावेश थिए। श्लोक सिंगल माल्टको विशिष्ट पहिचान यसको ओलोरसो शेरी कास्कमा गरिएको फिनिसिङ हो, जसले यसको स्वादमा गहिराइ, जटिलता र समृद्धि थपेको कम्पनीले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

विशेष रूपमा छनोट गरिएका ओलोरसो शेरी कास्कमा परिपक्व गरिएको ह्विस्कीमा सुक्खा फलफूल, हल्का मसला, बदाम तथा चकलेटका स्वादको संयोजनले सन्तुलित र विशिष्ट स्वाद प्रदान गर्ने कम्पनीको विश्वास छ।  ्

श्लोक सिंगल माल्टको रङ न्यानो महजस्तै सुनौलो रहेको छ। यसको सुगन्धमा सुक्खा फलफूल, खजुर, भेनिला र हल्का मसलाका साथै बदाम तथा चकलेटको मधुर झल्को पाइन्छ। स्वादमा यो नरम र समृद्ध छ, जसमा फलफूलको प्राकृतिक मिठाससँगै आलुबखडा, कालो चेरी र भुटेको बदामको स्वाद अनुभव गर्न सकिने कम्पनीको भनाइ छ। यसको स्वादको अन्त्य लामो समयसम्म रहने र हल्का सुक्खा हुन्छ, जसमा किसमिस र मसलाको स्वादको झल्को रहिरहने कम्पनीले उल्लेख गरेको छ।  

Garima Development Bank
Bizshala
IME remit

उत्पादनको प्रिमियम पहिचान झल्काउने गरी श्लोक सिंगल माल्टलाई आकर्षक डिजाइनको बोतलमा प्रस्तुत गरिएको छ। यससँगै प्रिमियम बेलनाकार क्यानिस्टर र विशिष्ट क्याप्सुल क्यापले यसको समग्र प्रस्तुतिलाई थप आकर्षक र विशिष्ट बनाएका छन्। ७५० मिलिलिटरको बोतलमा उपलब्ध श्लोक सिंगल माल्ट ह्विस्कीमा ४२.८ प्रतिशत अल्कोहल मात्रा रहेको छ भने यसको बजार मूल्य रु. ७,५०० निर्धारण गरिएको कम्पनीले जनाएको छ।

श्लोक सिंगल माल्टको सार्वजनिकसँगै हिमालयन डिस्टिलरी लिमिटेडले नेपालको ह्विस्की उद्योगमा नयाँ सम्भावनाको ढोका खोलेको बताएको छ। स्वदेशमै प्रिमियम स्पिरिट उत्पादन गर्ने क्षमतालाई थप उचाइमा पुर्‍याउने यो एउटा महत्त्वपूर्ण कोशेढुङ्गा हुने कम्पनीले जनाएको छ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.