अस्वभाविक चलखेल रोक्न १५ मिनेट क्लोजिङ प्रणाली फेरि लागू गर्ने तयारीमा सेबोन
काठमाण्डौ । स्थगित भएको १५ मिनेटे ‘क्लोजिङ’ प्रणाली फेरि ब्युँताउने तयारीमा नेपाल धितोपत्र बोर्ड पुगेको छ । कारोबारको अन्तिम समयमा हुने अस्वाभाविक चलखेल नियन्त्रण गर्दै कम्पनीको अन्तिम मूल्यलाई थप पारदर्शी बनाउने भन्दै सेबोनले नेप्सेसँग उक्त व्यवस्था पुनः लागू गर्ने विषयमा सुझाव मागेको हो ।कारोबार सत्रको अन्तिम १५ मिनेटमा भएको कारोबारलाई आधार बनाएर भारित औसत...

