हाइड्रो कम्पनीको नाफामा ठूलो ‘टर्नअराउन्ड’, कमाए ११ अर्ब ५८ करोड
काठमाण्डौ । हाइड्रोपावर कम्पनीहरुको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १११ हाइड्रो कम्पनीमध्ये वित्तीय विवरण सार्वजनिक गरेका १०८ कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ मा कुल ११ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका छन् । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७२४.७४ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा सूचीकृत हाइड्रो कम्पनीहरूले १ अर्ब...

