काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरका ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ । त्यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि चार लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिनेछ ।
स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि आवेदन दिने अवधि छिटोमा कात्तिक २५ र ढिलोमा मंसिर १० गतेसम्म छ । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने कात्तिक १६ गतेसम्म र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल रहेको छ । स्थानीयले तोकिएका बैंकका शाखा तथा एक्सटेन्सन काउन्टरबाट आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सदस्य बैंक तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।