काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको १ करोड ६६ लाख ६२ हजार ७४० कित्ता सेयरको लकइन अवधि आगामी मंसिर ४ गते समाप्त हुने भएको छ।
कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई पत्राचार गर्दै संस्थापक समूह, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा कर्मचारीका नाममा रहेको सेयरको तीन वर्षे लकइन अवधि मंसिर ४ गते अर्थात् नोभेम्बर २०, २०२६ मा सकिने जानकारी गराएको हो। 1791795111627 (1)
कम्पनीका अनुसार लकइनमा रहेकोमध्ये सबैभन्दा धेरै १ करोड ५२ लाख कित्ता संस्थापक समूहको सेयर रहेको छ। त्यस्तै, १४ लाख २४ हजार ४९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि सुरक्षित गरिएको सेयर र ३८ हजार २५० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको सेयर रहेको छ।
यी सबै गरी कुल १ करोड ६६ लाख ६२ हजार ७४० कित्ता सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।
सर्वसाधारणमा सेयर बाँडफाँट भएको मितिले तीन वर्षसम्म संस्थापक, आयोजना प्रभावित स्थानीय तथा कर्मचारीका लागि सुरक्षित सेयरमा लकइन रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार कम्पनीका यी सेयरको लकइन अवधि मंसिर ४ गते सकिने भएको हो।
लकइन अवधि समाप्त भएपछि नियामकीय व्यवस्था तथा प्रचलित कानुनको अधीनमा रही सम्बन्धित सेयरधनीले ती सेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।