काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्नो २६औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गते मंगलबार वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीको चुक्तापुँजी वृद्धि, हकप्रद सेयर निष्कासन तथा बोनस सेयर वितरणलगायतका महत्त्वपूर्ण प्रस्तावहरू पेस गरिनेछन्। कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ८० करोड रुपैयाँ पुर्याउने प्रस्ताव सभामा पेस गर्नेछ। यस्तै, कम्पनीको जारी पुँजी वृद्धि गरी ७५ करोड ९६ लाख २८ हजार ६८८ रुपैयाँ पुर्याउने प्रस्ताव पनि सभामा पेस हुनेछ।
यसैगरी, कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आर्जन गरेको खुद मुनाफा तथा सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ।कम्पनीले हालको चुक्तापुँजीको १२ प्रतिशतका दरले ८ करोड १३ लाख ८८ हजार ७८८ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त प्रस्ताव पारित भएमा सेयरधनीहरूले बोनस सेयर प्राप्त गर्नेछन्।
त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा आर्जन गरेको खुद मुनाफा तथा सञ्चित मुनाफाबाट बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ४२ लाख ८३ हजार ६२० रुपैयाँ ४२ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गर्नेछ।
कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि मंसिर २५ गते एक दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।