सुनको भाउ तोलाकै साढे २ लाख नजिक, आज कतिले बढ्यो ?
काठमाण्डौ । स्थानिय बजारमा आज सुनको भाउले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ । अघिल्लो दिनको तुलनामा आज ४ सय रुपैयाँले बढ्दै सुनको भाउ नयाँ उचाईमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँमा भईरहेको छ ।

