बुधबार, आश्विन २८,२०८३ 08:22:13
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 08:22:13
Bizshala
Global IME Bank Limited

टक्सार पिखुवा खोला हाइड्रोपावरको १.४९ लाख कित्ता सेयरको लकइन खुल्ने

Bizshala
टक्सार पिखुवा खोला हाइड्रोपावरको १.४९ लाख कित्ता सेयरको लकइन खुल्ने
New Office

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले सामूहिक लगानी कोषहरूको स्वामित्वमा रहेको १ लाख ४९ हजार ३२ कित्ता साधारण सेयरको लकइन अवधि समाप्त हुने भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

कम्पनीले सार्वजनिक गरेको सूचनाअनुसार उक्त सेयरको लकइन अवधि २०८३ मंसिर ५ गतेपछि समाप्त हुनेछ। लकइन अवधि सकिएपछि ती सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछन्।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४२ लाख ३० हजार ६६८ कित्ता सेयर निष्कासन गरेको थियो। त्यसमध्ये सामूहिक लगानी कोषहरूलाई १ लाख ५१ हजार ५३३ कित्ता साधारण सेयर बाँडफाँड गरिएको थियो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

सामूहिक लगानी कोषलाई छुट्याइएको सेयरमा सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइन अवधि रहने व्यवस्था छ। सोही व्यवस्थाअनुसार सामूहिक लगानी कोषको स्वामित्वमा रहेको सेयरको लकइन अवधि मंसिर ५ गतेपछि समाप्त हुन लागेको कम्पनीले जनाएको छ। 

तर, सामूहिक लगानी कोषका दुई योजना परिपक्व भइसकेकाले नेपाल धितोपत्र बोर्डको २०८० कात्तिक २० गतेको पत्रअनुसार ती योजनाको स्वामित्वमा रहेको कुल २ हजार ५०१ कित्ता सेयरको लकइन अवधि यसअघि नै फुकुवा गरिएको थियो। त्यसैले अब लकइन खुल्न बाँकी सेयर संख्या १ लाख ४९ हजार ३२ कित्ता रहेको हो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.