काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई लाभांश बुझिलिन आग्रह गरेको छ।
वित्तीय संस्थामा मर्ज भएको साविक आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका विभिन्न वार्षिक साधारणसभाबाट पारित नगद लाभांश वितरण गरिए पनि केही सेयरधनीले हालसम्म लाभांश नबुझेको संस्थाले जनाएको छ।
लाभांश बुझ्न बाँकी रहेका सेयरधनीलाई संस्थाको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटल लिमिटेडमा सम्पर्क गरी नगद लाभांश बुझिलिन आग्रह गरिएको छ। हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) नगरेका सेयरधनीले यथाशीघ्र प्रमाणपत्र अभौतिकीकरण गराउनुपर्नेछ। त्यस्तै, डिम्याट खाता सञ्चालन भएको निक्षेप सदस्यको कार्यालयमा आफ्नो हितग्राही खातामा बैंक खाता अद्यावधिक नभएको अवस्थामा बैंक खाता अद्यावधिक गर्न पनि संस्थाले आग्रह गरेको छ।
धितोपत्र रोक्का भएका सेयरधनीले सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट प्राप्त फुकुवापत्र वा ‘नो अब्जेक्सन लेटर’ संस्थाको सेयर रजिस्ट्रार लक्ष्मी सनराइज क्यापिटलमा बुझाउनुपर्ने सूचनामा उल्लेख छ। पाँच वर्षको अवधि पूरा भइसकेको नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने संस्थाले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।