मंगलवार, आश्विन २७,२०८३ 06:16:54
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 06:16:54
Bizshala
Global IME Bank Limited

इमर्जिङ नेपालका संस्थापक अग्रवालले आफ्नो स्वामित्वको शतप्रतिशत सेयर बेच्ने

Bizshala
इमर्जिङ नेपालका संस्थापक अग्रवालले आफ्नो स्वामित्वको शतप्रतिशत सेयर बेच्ने
New Office

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडका संस्थापक सेयरधनी सन्दीप कुमार अग्रवालले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन्।

कम्पनीले नेप्सेलाई पठाएको जानकारीअनुसार अग्रवालले आफ्नो नाममा रहेको १ लाख ११ हजार १२० कित्ता सेयर बिक्री गर्न लागेका हुन्। यो उनको स्वामित्वमा रहेको सम्पूर्ण सेयर हो।

कम्पनीका अनुसार उक्त सेयर इमर्जिङ नेपालको कुल सेयर संख्याको करिब २ प्रतिशत बराबर हो। बिक्रीका लागि प्रस्ताव गरिएको सम्पूर्ण सेयर संस्थापक समूहअन्तर्गतकै हो। 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सूचनामा अग्रवालले आफ्नो होल्डिङमा रहेको १०० प्रतिशत सेयर बिक्री गर्न लागेको उल्लेख छ। प्रस्तावित बिक्री अवधि ३ महिना राखिएको छ। सेयर बिक्री गर्नुको उद्देश्य व्यापार व्यवसायका लागि पूँजी निर्माण गर्नु रहेको कम्पनीले जनाएको छ।

कम्पनीले धितोपत्रसम्बन्धी प्रचलित व्यवस्था अनुसार आधारभूत सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयरको निश्चित हिस्सा बिक्री गर्नुअघि सार्वजनिक जानकारी गराउनुपर्ने प्रावधानअनुसार नेप्सेलाई जानकारी गराएको हो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले यो सूचना सेयर बिक्री गर्ने मनसायको जानकारी मात्रै भएको र वास्तविक कारोबार भने प्रचलित कानून, नियम, निर्देशन तथा नेप्सेको कारोबार प्रणालीअनुसार सम्पन्न भएपछि मात्रै पूरा भएको मानिने स्पष्ट पारेको छ।

इमर्जिङ नेपालले यो विषयमा कुनै अप्रकाशित मूल्य संवेदनशील सूचना नरहेको पनि जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X