इमर्जिङ नेपालको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा
काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडद्वारा प्रस्तावित नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा भएको छ । गत पुस २८ गते सम्पन्न कम्पनीको १० औं वार्षिक साधारण सभाबाट पारित भएको ५.२६३१ प्रतिशत नगद लाभांश (कर समेत) माघ १३ गतेदेखि सेयर रजिष्ट्रार एनआइैसी एशिया क्यापिटलमार्फ सेयरधनीहरुको बैंक खातामा जम्मा गरिएको हो ।

