काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको नाफामा ५५.५९ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु वर्षको दोस्रो त्रैमाससम्म ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीको खुद नाफा १ करोड १० लाख रुपैयाँ थियो ।
कम्पनीको प्रशासनिक खर्च ६ लाख रुपैयाँ र कर्मचारी खर्च १० लाख ५५ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छन् ।
कम्पनीले १ करोड ९८ लाख रुपैयाँ अल्पकालिन ऋण लिएको छ । कम्पनीको रिजर्भको आकार ३८.४१ प्रतिशतले घटेर ३ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ ।
यस्ते कम्पनीको नगद मौज्जाद भने १ लाख ८९ हजार मात्रै रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)३.५३ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०५.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात २३८.५३ गुणा कायम भएको छ ।
कम्पनीले समीक्षा अवधिसम्म ५१ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ५८.३८ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनीको आम्दानी १ करोड २४ लाख रुपैयाँ थियो । कम्पनीले अन्य स्रोतबाट ३१ लाख ५५ हजार रुपैयाँ आर्जन गरेको छ ।