काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालकमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । जेठ २९ गते बसेको कम्पनीको ९९ औं सञ्चालक समितिको बैठकले सञ्चालकमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सञ्चालक लालमणी जोशीले राजीनामा दिएसँगै कम्पनीको सञ्चालक पद रिक्त रहेको थियो । जोशीले जेठ २६ गते दिएको राजीनामा सोही दिनदेखि लागू हुनेगरी जेठ २९ गते नै बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।