काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडको सञ्चालकमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् । जेठ २९ गते बसेको कम्पनीको ९९ औं सञ्चालक समितिको बैठकले सञ्चालकमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघिका सञ्चालक लालमणी जोशीले राजीनामा दिएसँगै कम्पनीको सञ्चालक पद रिक्त रहेको थियो । जोशीले जेठ २६ गते दिएको राजीनामा सोही दिनदेखि लागू हुनेगरी जेठ २९ गते नै बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                