मंगलवार, आश्विन २७,२०८३ 07:26:18
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:26:18
Bizshala
Global IME Bank Limited

देशव्यापी कार्यक्रमसहित ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ सम्पन्न, लगानीकर्ता सचेतनामा बोर्डको जोड

Bizshala
देशव्यापी कार्यक्रमसहित ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ सम्पन्न, लगानीकर्ता सचेतनामा बोर्डको जोड
New Office

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले देशव्यापी रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै ‘वर्ल्ड इन्भेष्टर विक २०२६’ सम्पन्न गरेको छ।

धितोपत्र नियामकहरूको अन्तर्राष्ट्रिय संस्था International Organization for Securities Commissions (IOSCO) को Associate Member रहेको बोर्डले असोज १९ देखि २५ गतेसम्म अर्थात् 5–11 October, 2026 सम्म सप्ताहव्यापी कार्यक्रम सञ्चालन गरेको हो।

यस वर्षको World Investor Week को मुख्य नारा “Invest in Your Future. Protect It Today” रहेको थियो। कार्यक्रमका मुख्य विषय Investor Resilience, Digital Deception, Scam Alert रहेका थिए भने Basics of Investing तथा Young Investors & Next Generation लाई Complementary Themes का रूपमा समेटिएको थियो।

सप्ताहका क्रममा नेपाल स्टक एक्सचेन्ज, सिडिएस एण्ड क्लियरिङ, मर्चेन्ट बैंकर एसोसिएसन अफ नेपाल, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, स्टक डिलर कम्पनी, क्रेडिट रेटिङ कम्पनी तथा विभिन्न क्याम्पस र विद्यालयको सहकार्यमा देशभर विभिन्न शैक्षिक तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको बोर्डले जनाएको छ।

बोर्डले लगानीको महत्व, नेपालमा लगानीका स्रोत, धितोपत्रमा लगानी गर्दा ध्यान दिनुपर्ने विषय, नवप्रवेशी लगानीकर्ताका लागि सुझाव, लगानीकर्ताको अधिकार तथा पूँजी बजारमा हुने ठगीबाट बच्ने उपायसम्बन्धी जानकारी समेटेर पुस्तिकासमेत वितरण गरेको थियो।

सप्ताहको पहिलो दिन पोखरा, विराटनगर र वीरेन्द्रनगरमा एकैसाथ प्रभातफेरी आयोजना गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। पोखरामा बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्ट, विराटनगरमा कार्यकारी निर्देशक विनयदेव आचार्य र सुर्खेतमा कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

ती प्रभातफेरीमा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल बीमा प्राधिकरण, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, विद्यार्थी तथा लगानीकर्तासहित करिब १ हजार ३५० जनाको सहभागिता रहेको बोर्डले जनाएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यसै अवसरमा पोखराको पृथ्वीनारायण क्याम्पसमा ‘Panel Discussion on Financial Literacy’ आयोजना गरिएको थियो। उक्त कार्यक्रममा बोर्डका अध्यक्ष भट्ट, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक राजन विक्रम थापा, सहप्राध्यापक कमल ढकाल तथा उपप्राध्यापक डा. जस बहादुर गुरुङ सहभागी भएका थिए।

त्यस्तै, पोखरा र बुटवलमा “Invest in Your Future. Protect It Today” शीर्षकमा अन्तरविद्यालय प्रस्तुतिकरण प्रतियोगिता आयोजना गरिएको थियो। पोखरामा १४ टिम र बुटवलमा ८ टिम सहभागी भएका थिए।

वीरगञ्जमा भने “Financial Literacy and Investment Decisions in the Age of Social Media” शीर्षकमा अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको थियो। प्रतियोगितामा १६ जना सहभागी थिए।

यी प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने टिम तथा व्यक्तिलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको बोर्डले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका आर्थिक पत्रकारलाई लक्षित गरी धनगढीमा पूँजी बजारका विभिन्न पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो। उक्त कार्यक्रममा ३२ जना पत्रकार सहभागी भएका थिए।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, असोज २४ गते रेडियो नेपालमार्फत करिब ४५ मिनेटको वित्तीय शिक्षा तथा सचेतनासम्बन्धी परिसंवाद कार्यक्रम प्रसारण गरिएको थियो। कार्यक्रममा बोर्डका अध्यक्ष डा. भट्ट, पूर्वअध्यक्ष डा. रेवत बहादुर कार्की र त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. राधेश्याम प्रधान सहभागी भएका थिए।

सप्ताहभर नेपाल स्टक एक्सचेन्ज, सिडिएससी, मर्चेन्ट बैंकर, स्टक ब्रोकर, स्टक डिलर तथा क्रेडिट रेटिङ कम्पनीहरूले Podcasts, Panel Discussions, Office Visits तथा विद्यालय–कलेज लक्षित पूँजी बजार साक्षरता कार्यक्रम सञ्चालन गरेका थिए।

बोर्डले यस्ता कार्यक्रमबाट लगानीकर्ता र विद्यार्थीमा पूँजी बजारसम्बन्धी ज्ञान, धितोपत्र बजारको महत्व तथा जोखिमबारे बुझाइ बढ्ने विश्वास लिएको छ। साथै, अफवाहबाट टाढा रही सुसूचित, जिम्मेवार र जोखिम बुझेर लगानी गर्ने संस्कृतिको विकास हुने अपेक्षा गरिएको बोर्डले जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X