आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर, ६ वटाबाट उच्च बिक्री चाप
काठमाण्डौ । बुधबार सेयरबजारमा ३ अर्ब ७४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ४ वटाबाट उच्च खरिद माग भएको छ भने ६ वटाबाट उच्च बिक्री भएको छ । उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, नबिल स्टक डिलर, श्रीहरि सेक्युरिटिज र प्रिमियर सेक्युरिटिज रहेका छन् ।

