काठमाडौं। सानिमा बैंकले लेखापरीक्षण समिति पुनर्गठन गरेको छ।
बैंकले नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)लाई पठाएको पत्रअनुसार बैंकको सञ्चालक समितिको बैठकको निर्णयअनुसार लेखापरीक्षण समिति पुनर्गठन गरिएको हो।
पुनर्गठित लेखापरीक्षण समितिमा सञ्चालक तेजबहादुर चन्द संयोजक तोकिएका छन्। त्यस्तै, सञ्चालक बलराम पराजुली सदस्य तथा आन्तरिक लेखापरीक्षण विभागका विभागीय प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।