धितोपत्र बोर्डको कार्यवाहक अध्यक्षमा बरिष्ठ पन्छाएर कनिष्ठलाई दिने तयारी, हमालको सँधै मनोमानी !
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले जाँदाजाँदै बरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई कार्यवाहक अध्यक्ष दिने तयारी गरेका छन् । उनको पदावधि आगामी पुस २० गते सकिंदै छ । अगाडि नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वीकृत गर्न कम्मर कसेर लागेका अध्यक्ष हमाल आफू जानु अघि पनि आफ्ना विश्वासिला पात्रलाई कार्यवाहक अध्यक्षको जिम्मेबारी सुम्पेर जाने पक्षमा छन् ।

