काठमाण्डौ । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडद्वारा सञ्चालित ९.९८ मेगावाट क्षमताको अपर माई जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन पुनः सुरु भएको छ। पानी चुहावटका कारण उत्पादन रोकिएको आयोजना आवश्यक मर्मतपछि सञ्चालनमा आएको हो।
कम्पनीले नेप्सेलाई पठाएको पत्रअनुसार आयोजनाबाट असोज १६ गते अपराह्न ३ बजेर २ मिनेटदेखि विद्युत् उत्पादन सुचारु भएको छ।
यसअघि आयोजनाको ‘एक्स्पान्सन जोइन्ट’मा अत्यधिक पानी चुहिएपछि भदौ २१ गते बेलुकी ६ बजेर १० मिनेटदेखि आकस्मिक रूपमा विद्युत् उत्पादन बन्द भएको थियो।
उक्त जोइन्ट मर्मत गर्न सुरुङ पूरै खाली गर्नुपर्ने भएकाले उत्पादन रोक्नुपरेको कम्पनीले जनाएको छ। एक्स्पान्सन जोइन्टको मर्मत सम्पन्न भएपछि प्लान्ट पुनः सञ्चालनमा ल्याइएको हो।
कम्पनीले सार्वजनिक गरेको सूचनामा आयोजना बन्द हुँदा भएको आम्दानीको क्षति तथा मर्मतमा लागेको खर्च भने खुलाइएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।