काठमाडौं। ज्योति विकास बैंक लिमिटेडका केही संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये आंशिक वा सम्पूर्ण शेयर बिक्री गर्न इच्छा जनाउँदै निवेदन दिएपछि बैंकले त्यस्ता शेयर बिक्रीको प्रक्रिया अघि बढाउने भएको छ।
बैंकका अनुसार संस्थापक शेयर बिक्रीसम्बन्धी प्राप्त निवेदन सञ्चालक समितिको बैठकमा पेस हुँदा आवश्यक रीत पूरा गरी शेयर बिक्रीको प्रक्रिया अघि बढाउने निर्णय भएको हो।
उक्त संस्थापक शेयर खरिद गर्न बैंकमा हाल कायम रहेका संस्थापक शेयरधनीलाई प्राथमिकता दिने व्यवस्था रहेकाले उनीहरूको जानकारीका लागि विभिन्न मितिमा संस्थापक शेयर बिक्रीसम्बन्धी ३५ दिने सूचना प्रकाशित गरिएको थियो। तर, तोकिएको अवधिमा कुनै पनि संस्थापक शेयरधनीबाट उक्त शेयर खरिद गर्न आवेदन प्राप्त नभएको बैंकले जनाएको छ।
अब संस्थापक शेयरधनीबाहेक अन्य व्यक्ति, कम्पनी वा संस्थाले उक्त शेयर खरिद गर्न सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकमा आवेदन दिन सक्नेछन्।
आवेदन ज्योति विकास बैंक लिमिटेडको केन्द्रीय कार्यालय, कमलपोखरी, काठमाडौंमा बुझाउनुपर्ने बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।