आम्दानीसँगै घट्यो सयपत्री हाईड्रोपावरको नाफा
काठमाण्डौ । सयपत्री हाईड्रोपावर लिमिटेडको आम्दानी घट्दा नाफामा कमी आएको छ । गत आवको चौथो त्रैमाससम्म कम्पनीको नाफा २७.७८ प्रतिशतले घटेको छ । अघिल्लो आवमा ४१ लाख ६० हजार रहेको कम्पनीको नाफा घटेर ३० लाखमा झरेको हो ।कम्पनीको आम्दानी पनि घटेको छ । अघिल्लो आवमा ५ करोड ७८ लाख आर्जन गरेको कम्पनीले समीक्षा अवधिसम्म ५ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले २० हजार अन्य आम्दानी...

