काठमाडौँ। एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्डले प्रतिइकाइ १० रुपैयाँ अंकित मूल्यका ८ करोड इकाईमध्ये बीज पुँजीबापत न्यूनतम १ करोड २० लाख इकाई अर्थात् १२ करोड रुपैयाँ एनआईसी एसिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी ६ करोड ८० लाख इकाई सर्वसाधारण तथा संघसंस्थाका लागि बाँडफाँड गर्ने भएको छ।
उक्त फन्डको निष्कासन तथा बिक्रीका लागि आवेदन असोज ७ देखि असोज १३ गतेसम्म खुला गरिएको थियो। सो अवधिमा आवेदन दिने आवेदकलाई बुधबार बीज पुँजीसहित इकाई बाँडफाँड गरिएको जनाइएको छ।
बाँडफाँडसम्बन्धी विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडद्वारा सञ्चालित मेरोसेयर तथा आईपीओ रिजल्ट र एनआईसी एसिया क्यापिटल लिमिटेडको वेबसाइटबाट हेर्न सकिने जनाइएको छ। साथै, पूर्ण रीतपूर्वक आवेदन प्राप्त नभएको इकाइबापतको रकम सम्बन्धित आवेदकको बैंक खातामा फिर्ता गरिने जानकारी पनि सूचनामार्फत दिइएको छ।
एनआईसी एसिया इक्विटी अपर्चुनिटी फन्डको कोष प्रवर्धक एनआईसी एसिया बैंक लिमिटेड र योजना व्यवस्थापक एनआईसी एसिया क्यापिटल लिमिटेड रहेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।