काठमाडौं। फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज २२ गते बसेको बैठकको निर्णयअनुसार साधारणसभा आगामी कात्तिक १८ गते बुधबार काठमाडौंको नक्सालस्थित काठमाडौं मेरियट होटलमा आयोजना हुने भएको हो।
सभामा कम्पनीको वार्षिक आर्थिक विवरण तथा सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
साधारणसभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसमेत पारित गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।