काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको एक हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ।
कम्पनीको सञ्चालक समितिको २५औँ बैठकको निर्णयअनुसार प्रचलित कानुनी व्यवस्थाबमोजिम उक्त सेयर बिक्री गर्न लागिएको हो। कम्पनीले सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूका लागि यो सूचना प्रकाशित गरेको जनाएको छ।
सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित कम्पनीको रजिस्टर्ड तथा कर्पोरेट कार्यालय वा सेयर रजिस्ट्रार ग्लोबल आईएमई क्यापिटल लिमिटेडको नक्सालस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ। आवेदनमा आफूले खरिद गर्न चाहेको सेयर सङ्ख्या र प्रतिकित्ता प्रस्तावित मूल्य खुलाउनुपर्नेछ।
निर्धारित समयभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा प्रचलित कानुन तथा नियमबमोजिम अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।